काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ। 

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित बानेश्वर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजी ५५ करोड ५६ लाख रुपैयाँको ८.४२१०५ प्रतिशतले हुन आउने ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। 

सभाले स्वतन्त्र सञ्चालकमा शर्मिला श्रेष्ठलाई बाँकी कार्यकालका लागि नियुक्त गर्ने अर्को प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृति गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर ६ गतेदेखि मंसिर १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।