काठमाण्डौ। देशभर तथा विश्वका दुई सयभन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्सलाई कारोवारलाई प्राथमिकता दिँदै आएको इसेवामनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकवीच  रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। 

सम्झौतापत्रमा इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेका छन्। 

यस सम्झौताअन्तर्गत अब विदेशबाट इसेवामनी ट्रान्सफरमार्फत पठाएको नगद रेमिट्यान्स,  राष्ट्रिय वाणिज्य बैंकका मुलुकभर रहेका २५६ वटा शाखा, ९८ वटा शाखारहित बैंकिङ केन्द्र तथा ३४ वटा एक्स्टेन्सन काउन्टरबाट सजिलै भुक्तानी लिनसकिनेछ। यसका साथै राष्ट्रिय वाणिज्य बैंकबाट पठाएको आन्तरिक रेमिट्यान्स पनि नेपालभरि रहेका इसेवामनी ट्रान्सफरका १० हजारभन्दा धेरै एजेन्टबाट सहजै प्राप्त गर्न सकिनेछ। 

यसैगरी चाँडै नै राष्ट्रिय वाणिज्य बैंकका खाता ग्राहिले यस बैंकको मोबाइल एप अर्थात ‘आरबीबी स्मार्ट’ प्रयोग गरेर देश तथाविदेशबाट इसेवामनी ट्रान्सफरमार्फत पठाएको नगद रेमिट्यान्स सीधै आफ्नो बैंक खातामाप्राप्त गर्न सकिनेछ। यसका साथै मोबाइल एपबाट इसेवामनी ट्रान्सफरको रेमिट्यान्स सेवाप्रयोग गरेर देशभरि आन्तरिक रेमिट्यान्स पठाउनसमेत सकिनेछ।

इसेवामनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ। इसेवामनी ट्रानसफरले आफ्ना सेवाग्राहीलाई ८ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवामनी ट्रान्सफर देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थालाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट समुहको भगिनी कम्पनी हो।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आधा शताब्दीभन्दा बढी समयदेखि देशव्यापी रूपमा आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेर २०२२ माघ १० गते स्थापना भएको बैंक २०६३ वैशाख ६ गते पब्लिक लिमिटेड कम्पनीका रूपमा पुनः दर्ता भएको थियो र हाल, नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतपत्र वित्तीय संस्थाका रूपमा सञ्चालन भइरहेको छ। 

हाल ७ प्रदेश र ७७ वटै जिल्लामा रहेका २६० शाखाका साथ राष्ट्रिय वाणिज्य बैंक मुलुककै सबैभन्दा धेरै ग्राहकको संख्या भएको र सबैभन्दा धेरै रुचाइएको बैंक बन्न सफल भएको छ।