काठमाण्डौ । ईङ्वा हाइड्रोपावर लिमिटेडले सेयर मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज यो कम्पनीको आईपीओ सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। त्यसैले यो कम्पनीको सेयर पनि मंगलबारबाट आउने भएको हो। 

नेप्सेमा ईङ्वा हाइड्रोपावरको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ४२ लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसहित)को १८ लाख कित्ता छन्। 

नेप्सेले ईङ्वा हाइड्रोपावरलाई ‘आईएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनले नेप्सेबाट प्रतिकित्ता न्यूनतम ९७.२९ रुपैयाँ र अधिकतममा २९१.८७ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ। 

अब भोलि स्पेसल प्रि–ओपन सेसनमा यदि यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच हुन्छ भने नियमित समयका लागि कारोबारमा आउनेछ।