काठमाण्डौ । विश्वभरि नै साइबर हमलाका घटना लगातार बढिरहेका छन्। यस्तो अवस्थामा ई–मेल पनि ठूलो संख्यामा ह्याक भइरहेको छ।

ह्याकरहरुले तपाइँको ई–मेलबाट धेरै जानकारी लिएर जान्छन्। यसले तपाइँलाई ठूूलो नोक्सानी पनि हुुन सक्छ। 

जी–मेल, याहु–मेल, आउटलुुकसहित दोस्रो ई–मेल प्रयोगकर्ताका साथ ह्याक भइरहेका गुुनासाहरु निरन्तर आइरहेका छन्। यदि ई–मेल ह्याक भएमा तुुरुन्तै तपाइँ पनि सतर्क हुुन जरुरी छ। 

इन्टरनेट सेक्युुरिटी कम्पनी म्याकफीले यसबारे केही खास तरिका उल्लेख गरेको छ।

जब कसैको ई–मेल ह्याक हुुन्छ तब तिनीहरुको सम्पर्कमा रहेहरुले सन्देशहरु प्राप्त गर्न सुुरु गर्दछन्। जुुन आफूूद्वारा पठाइएका हुँदैनन्।  तपाइँको अनलाइन पासवर्डले काम गर्न बन्द गर्छ। कम्प्युुटरको परफर्मेन्स बिग्रन्छ वा सिस्टम ढिलो चल्छ। सिस्टममा म्यालिसियस सफ्टवेयर आउन थाल्छ।

१. यदि ई–मेल ह्याक भएको डर लागेमा सबैभन्दा पहिले तपाइँ लगइन पासवर्ड तुुरुन्त बदल्नुुहोस्। तपाइँको पासवर्ड कठिन र जटिल हुुन आवश्यक छ। कम्तीमा ८ देखि १० क्यारेक्टरको पासवर्ड राख्नुुहोस्। आफ्नो सम्पर्क व्यक्तिलाई सूूचित गर्नुुुहोस्।

२. ह्याक भइसकेपछि तपाइँ सम्पर्क व्यक्तिहरुलाई अविलम्ब यसबारे जानकारी दिइहाल्नुुहोस् र मेरो ई–मेलबाट गएको म्यासेज नखोल्न पनि भन्नुुहोस्। किनकि यसमा मालवेयर भाइरस हुुने सम्भावना पनि धेरै हुुन्छ।

३. ई–मेल ह्याक भएपछि ई–मेलसँग जोडिएका सेक्युुरिटी प्रश्नहरुलाई तुुरुन्त बदल्नुुहोस्। यसलाई अनुुमानभन्दा बाहिर बनाइदिनुुस्।

४. यस्तो अवस्थामा ई–मेल लगइन गर्नका लागि मल्टी फ्याक्टर अथेन्टिकेसन अप्सन इनेबल गर्नुुहोस्। यसो गर्नुुभयो भने ह्याकरका लागि छेडछाड गर्न सहज हुुँदैन।

५. यदि तपाइँ ई–मेल ह्याक भए जति सक्दो चाँडो आफ्नो कम्प्युुटरको भाइरस र मालवेयर स्क्यान गर्नुुहोस्। कम्प्युुटरमा एक्टिभेट एन्टीभाइरसले यसमा तपाईँलाई मद्दत गर्छ। – एजेन्सी