काठमाण्डौ । चालु आर्थिक वर्ष सेयर बजारका लागि खासै उत्साहजनक देखिएन।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर बजारका लागि लिएको नीतिले बजार थला पर्यो। गत भदौको पहिलो साता ३२०० को उच्च विन्दुमा पुगेको बजारमा राष्ट्र बैंकलेको नीतिका कारण लगातार गिरावट आयो।
अघिल्लो आर्थिक वर्षको अन्तिम दिन नेप्से परिसूचक २८८३.३८ को विन्दुमा थियो। चालु आर्थिक वर्षको अन्तिम कारोबार दिनमा नेप्से २०९९.४६ विन्दुमा झरेको छ। यो हिसाबले चालु आर्थिक वर्षमा बजार ८७३ अंक बढीको गिरावट आएको छ। यद्यपि आज बजार सकारात्मक भएर बन्द भएको छ।
चालु आर्थिक वर्षको भदौ ३ गते नेप्सेले हालसम्मकै उच्च विन्दु चुमेको थियो। यो दिन नेप्से ३१९८.६० को बिन्दुमा पुगेको थियो।
चालु आर्थिक वर्षमै नेप्सेले न्यून विन्दु पनि कायम गरेको छ। गत असार ९ गते नेप्से १८४८.२६ को न्यून विन्दुमा झरेको थियो।
चालु आर्थिक वर्षमा कुल ११ खर्ब ७९ अर्ब २६ करोड ८८ लाख ५९ हजार ९९ रुपैयाँको सेयर कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार गत साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको थियो। सबैभन्दा कम कारोबार भने गत असार ३ गते ७३ करोड ६३ लाख १२ हजार रुपैयाँ भएको थियो।
चालु आर्थिक वर्ष अन्तिम कारोबार दिन आज कुल बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब रुपैयाँमा सीमित बनेको छ। अघिल्लो आर्थिक वर्षको अन्तिम कारोबार दिनमा कुल बजार पुँजीकरण ४० खर्ब १० अर्ब रुपैयाँ रहेको थियो।
यो हिसाबले चालु आर्थिक वर्षमा लगानीकर्ताहरुको सम्पत्ति ११ खर्ब ४१ अर्ब रुपैयाँले घटेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago