काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नियमित बिल तिरिरहेका उद्योगको बिजुली काट्नु उचित नभएको बताएको  छ ।

सीएनआईले डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे  सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै  अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरुले विवादित समयको समेत नियमित बिल तिरिरहेकाले उद्योगहरुको बिजुली काटिनु उचित नभएको बताए ।

उनले लाइन काटेर उद्योगलाई धरासायी नबनाउन र तत्काल लाइन जोड्न समेत माग गरेका छन् । उनले लाइन जोडेर विवाद समाधान गर्न समेत माग गरेका छन् ।

उनले ट्रंकलाइनको लागि प्रिमियम दर तोकिएको भन्दा पहिलाको बिलिङ गर्दा समस्या आएको बताए । 

 उनले अहिले आएर एकैपटक छलफल नगरी लाइन काटिएपछि अन्तरराष्ट्रिय रुपमा नकारात्मक सन्देश गएको र लगानीको वातावरण बिथोलिने अवस्था रहेको बताए ।

परिसंघले  संकटका कारण ३० प्रतिशत मात्र क्षमतामा चलिरहेका उद्योगको बिजुली काटिनु खेदपूर्ण रहेको ताएको छ।

सरकारले लाइन काटेका उद्योग उत्पादनसँग सम्बन्धित रहेको भन्दै यसले रोजगारीमै असर पर्ने बताउदै परिसंघले तत्काल विजुली जोड्न आग्रह गरेको छ ।

त्यस्तै  प्राधिकरणले फर्जी बिल पठाएको भन्दै परिसंघले आफ्नो उद्योगको टिओडी मिटरको डाटा सर्वजनिक गर्न समेत प्राधिकरणलाई चुनौती दिएको छ ।