काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्। 

ढकालले काठमाण्डौको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर बिहान साढे ८ बजे भोट हालेका हुन्। 

देशभर आज स्थानीय तह निर्वाचनको मतदान प्रक्रिया सुरु भएको छ। 

देशभरका कुल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो। मतदान कार्य आज अपराह्न ५ बजेसम्म जारी रहनेछ। स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा हुँदैछ।