काठमाण्डौ । नेपाल उद्योग परिसंघ र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रबीच ऊर्जासम्बन्धी गतिविधिमा सहकार्य गर्न समझदारी भएको छ।
ऊर्जा दक्षता, ऊर्जा लेखापरीक्षण, क्षमता अभिवृद्धि र उद्योगहरुको ऊर्जासम्बन्धी सेवाहरुको विकास र कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीअनुसार उद्योगहरुमा ऊर्जा दक्षता र ऊर्जा परीक्षणको जागरुकता बढाउन दुवै संस्थाले उद्योगहरुको ऊर्जा क्षेत्रमा ऊर्जा दक्षता, ऊर्जा परीक्षण र क्षमता विकासका गतिविधिमा मद्दत गर्नेछन्।
परिसंघले सन् २०१९ देखि उद्योगहरुमा ऊर्जा दक्षता प्रवर्द्धन गर्दै आएको छ भने केन्द्रले हरितगृह ग्यास उत्सर्जन घटाउने, रोजगारी सिर्जना गर्ने, बढ्दो ऊर्जाको माग पूरा गर्ने उद्देश्यका साथ हरित ऊर्जा र ऊर्जा दक्षता क्षेत्रमा काम गरिरहेको छ।
समझदारीपत्रमा परिसंघका महानिर्देशक दीपकराज जोशी र केन्द्रका प्रबन्ध निर्देशक अमृत अभामणि ढकालले हस्ताक्षर गरेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago