काठमाण्डौ । रुपन्देहीमा केन्द्रीय कार्यालय भई १० जिल्लामा बित्तीय सेवा दिंदै आएको उन्नति माइक्रोफाइनान्स बित्तीय संस्थाले १ करोड ६५ लाख मूल्य बराबरको आइपीओ आगामी पुस २१ गतेदेखि निश्कासन गर्ने भएको छ ।
यो माइक्रोफाइनान्स कम्पनीले साउन २२ गते धितोपत्र बोर्डमा १ सय रुपैयाँ अंकित दरका १ लाख ६५ हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको माग गर्दै आवेदन दिएको थियो । बोर्डले १२ दिनअघि आइपीओ निश्कासनको अनुमति दिएको हो ।
आइपीओमा पुस २५ गतेभित्र आवेदन दिइसक्नुुपर्नेछ । सो अवधिमा समेत माग भए अनुसार आवेदन नपरे अधिकतम मिति भनेर माघ ५ गतेलाई तोकिएको छ ।
इच्छुक सेयरधनीले न्यूनतम १० कित्तादेखि अधिकतम ८२० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । १०० रुपैयाँ अंकित दरको आइपीओमा लगानीका लागि न्यूनतम १ हजार रुपैयाँ भए पुुग्नेछ ।
कुल निश्कासित हुने आइपीओमध्ये यो कम्पनीले ६ हजार ६ सय कित्ता आफ्ना कर्मचारीका लागि, ८२५० कित्ता ११ वटा म्युचुुअल फण्डहरुका लागि छुट्याएको छ । बाँकी रहेको १ लाख ५० हजार १ सय ५० कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
कम्पनीको आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमीटेडले गर्नेछ ।
इच्छुक लगानीकर्ताले आस्वा सेवा संचालनको अनुमति पाएका सबै बंैक तथा बित्तीय संस्था र तिनका शाखाबाट अनलाइन आवेदन दिन सक्नेछन् ।
माइक्रोफाइनान्सको हालको चुक्तापूँजी ३ करोड ८५ लाख रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापूँजी ५ करोड ५० लाखको उचाईमा पुुग्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago