काठमाण्डौ । उन्नति माइक्रोफाइनान्स बित्तीय संस्थाले निश्कासन गरेको आइपीओमा अचाक्ली आवेदन परेको छ । 

यो कम्पनीले निश्कासन गरेको १ करोड ६५ लाखको आइपीओमा दोश्रो दिनसम्म २६ करोड बढी आवेदन परिसकेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले  जनाएको हो । 

क्यापिटल स्रोतका अनुसार १०० रुपैयाँ अंकित दरका १ लाख ६५ हजार कित्ताका लागि दोश्रो दिनसम्म ७० हजार आवेदन परेका छन् । पुस २१ गतेदेखि निश्कासन भएको आइपीओमा पुस २५(आज)सम्म आवेदन दिन सकिनेछ । 

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ८२० कित्ताका लागि आवेदन दिन पाउनेछन् । कुल निश्कासित कित्तामध्ये ६ हजार ६ सय कित्ता कर्मचारीका लागि, ८२५० कित्ता अस्तित्वमा रहेका ११ वटा म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख ५० हजार १ सय ५० कित्ता सर्वसाधारणका लागि हुनेछ ।

उन्नति माइक्रोफाइनान्सको हालको चुक्तापूँजी ३ करोड ८५ लाख रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापुँजी ५ करोड ५० लाख रुपैयाँ पुगेको छ ।