ipo
काठमाण्डौ । उन्नति माइक्रोफाइनान्स बित्तीय संस्थाले निश्कासन गरेको आइपीओमा मागभन्दा ४८ गुणा बढी आवेदन परेको छ । यति धेरै आवेदन परेपछि अधिकांश लगानीकर्ताको रित्तो हात हुने अवस्था देखिएको छ ।
यो माइक्रोफाइनान्स कम्पनीले १ करोड ६५ लाख मूल्यको आइपीओ निश्कासन गरेकोमा कुल ७९ करोड ७४ लाख ८४ हजार ८ सय रुपैयाँ बराबरको प्रस्ताव परेको हो ।
देशभरबाट २ लाख ४८ हजर २ सय ९८ जनाले आइपीओ खरीदका लागि आवेदन दिएका बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । अन्तिम दिन मात्रै ९५ हजार भन्दा बढीले आवेदन दिएका थिए ।
धितोपत्रको सार्वजनिक निश्कासनको नयाँ नियमावलीअनुसार प्रत्येक लगानीकर्ताले १० कित्ता पाउनुपर्ने हुन्छ । यसरी हेर्दा सर्वसाधारणका लागि छुट्याइएको १ लाख ५० हजार १ सय ५० कित्ता सेयर १५ हजार १५ लगानीकर्ताले चिठ्ठाको माध्यमबाट पाउनेछन् । बाँकी २ लाख ३३ हजार २ सय ८३ लगानीकर्ता हिस्स बन्नुपर्ने अवस्था हुनेछ ।
एकसय रुपैयाँ अंकित दरकाा कुल १ लाख ५६ हजार कित्ता सेयर पुस २१ गतेदेखि निश्कासन भएको थियो । लगानीकर्तालाई पुस २५ गतेसम्म आवेदन दिन भनिएको थियो ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ८२० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । कुल निश्कासित कित्तामध्ये ६ हजार ६ सय कित्ता कर्मचारीका लागि, ८२५० कित्ता अस्तित्वमा रहेका ११ वटा म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख ५० हजार १ सय ५० कित्ता मात्र सर्वसाधारणका लागि छुट्याइएको छ ।
उन्नति माइक्रोफाइनान्सको हालको चुक्तापूँजी ३ करोड ८५ लाख रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापुँजी ५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago