काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमीटेडले उन्नति माइक्रोफाइनान्सको आइपीओ बाँडफाँड गरेको छ । 

रुपन्देहीमा मुख्य कार्यालय भई १० जिल्लामा बित्तीय सेवा प्रवाह गरिरहेको उन्नति माइक्रोफाइनान्सले निश्कासन गरेको १ लाख ६५ हजार कित्ता आइपीओको शुक्रबार बिहान क्यापिटल परिसरमा बाँडफाँड गरिएको हो । 

आइपीओमा परेका २ लाख ४४ हजार ४ सय २७ आवेदकमध्ये १५ हजार १५ जनालाई चिठ्ठामार्फत १० कित्ताको दरले बाँडफाँड गरिएको छ । यस्तै, माइक्रोफाइनान्स कम्पनीका १०१ जना कर्मचारीलाई ६ हजार ६ सय कित्ता र १२ वटा सामूहिक लगानीकोषहरुका लागि ८ हजार २ सय ५० कित्ता सेयर बाँडफाँड गरियो ।

यसरी आवेदन दिनेमध्ये २ लाख २९ हजार ४ सय १२ आवेदकको खालि हात भएको छ । 

क्यापिटलले आइपीओका लागि परेका २४६७ आवेदनलाई विविध कारणले रद्ध गरेको जनाएको छ । 

उन्नति माइक्रोफाइनान्सले गत पुस २१ देखि २५ गतेसम्म आइपीओ निश्कासन गरेको थियो । जसमा सर्वसाधारणतर्फको १ करोड ५० लाख मूल्यको आइपीओमा ७८ करोड ६४ लाखको हाराहारीमा आवेदन परेको थियो ।

आइपीओपछि उन्नतिको चुक्तापुँजी ५ करोड ५० लाखको उचाईमा पुुगेको छ ।