 
                     
                                
                             
                                    काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ निष्कासनको आज दोस्रो दिनसम्म साढे ३९ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।
कम्पनीले हिजो मंगलबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गरेको छ। यो एफपीओमा ६ लाख २६ हजार १५७ जनाबाट ७० लाख ६६ हजार ५६० कित्ता सेयरका लागि आवेदन परेको छ । जुन मागभन्दा ३९.६० गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेकै कारण यो एफपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १७ हजार ८४५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै भाग्यमानीमध्ये १ जनाले थप १ कित्ता सेयर पाउनेछन्।
लगानीकर्ताले आगामी कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्। एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्। कम्पनीको एफपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19