 
                     
                                
                             
                                    काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज कात्तिक २४ गते अन्तिम दिन रहेको छ।
निष्कासनको आज तेस्रो दिनसम्ममा साढे ५४.६३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।
कम्पनीले गत मंगलबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गरेको थियो। यो एफपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले आगामी कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्। एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।
सीडीएससीका अनुसार हिजो बिहीबार साँझ ५ बजेसम्म यो कम्पनीको एफपीओमा ८ लाख ७१ हजार३८४ जनाले ९७ लाख ४९ हजार ९१० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ५४.६३ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेकै कारण यो एफपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ।
कम्पनीको एफपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19