काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्थाको ५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

संस्थाको साधारण सभा कोहलपुर स्थित होटल ट्रीटप ह्याभेनमा पुस २८ गते सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष शान्तिदेवी ढकालको अध्यक्षतामा  सम्पन्न सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आव २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ ।

साथै सभाले संचालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट भगवती रेग्मी र निशा वाग्लेलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।