काठमाण्डौ । काठमाण्डौ उपत्यका भित्रका पाँच वटा नगरपालिकाले नयाँ सहर निर्माणका नाममा केहि वर्षदेखि रोक्का गरेर राखेको जग्गा तत्काल फुकुवा गर्न माग गरेका छन्।

स्थानी कागेश्वरी मनोहरा र शंखरापुर, मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले आ आफ्नो क्षेत्रमा पर्ने जग्गा तत्काल फुकुवा गर्न सरकारसँग माग गरेका हुन्। ती नगरपालिकाका प्रमुखहरुको बिहीबार बसेको संयुक्त भेलाले जग्गा फुकुवा गर्न माग गर्दै सहरी विकासमन्त्री सीता गुरुङलाई पत्र समेत बुझाइसकेका छन्।

उनीहरुले जग्गाको कित्ताकाट खुला गर्न जनस्तरबाट तिब्र दबाब आएको भन्दै प्रेस विज्ञप्ति जारी गरेर सरकारले आफूहरुका माग बारेमा सम्बोधन नगरेमा जग्गाको कित्ताकाट गर्ने चेतावनी पनि दिएका छन्।

सहरी विकास मन्त्रालयले विसं २०७४ असार ५ गते राजपत्रमा सूचना प्रकाशन गर्दै नयाँ नगर निर्माण तथा विकास गर्ने र काठमाण्डौ उपत्यका विकास प्राधिकरणको पूर्वस्वीकृति बिना कुनै प्रकारको भौतिक परिवर्तन गर्न वा टुक्र्याउन नपाउने गरी रोक लगाएको थियो।

नयाँ सहर ३ बर्षमा विकास गर्ने भनिएको थियो। तर ६ बर्ष बितिसक्दा पनि ती नगरपालिकामा नयाँ सहर बनाउन कुनै काम भएको छैन। जग्गा भने रोक्का नै छ। 

‘ती नगरपालिकामा हालसम्म नयाँ सहर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगायत कुनै पनि काम सुरु भएको छैन।