काठमाण्डौ । काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञाको अवधि एक साताका लागि थप गरिएको छ।
काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले गत भदौ ३ गते राति १२ बजेदेखि जारी निषेधाज्ञाको अवधि भदौ १७ गते राति १२ बजेसम्मका लागि बढाएको हो। निषेधाज्ञाको समय आज राति १२ बजेदेखि सकिँदै थियो।
काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार पहिलेको भन्दा कडा तरिकाले निषेधाज्ञा कार्यान्वयन गर्ने निर्णय भएको छ। ‘ अत्यावश्यक सेवा तथा वस्तुमा भने निषेधाज्ञामा कडाइ हुने छैन’, उनले भने।
हिजो मंगलबार पनि तीनै जिल्लाका प्रजिअहरूले स्थानीय तह, उद्योग वाणिज्य, स्वास्थ्यकर्मीलगायतको सर्वपक्षीय छलफल गरेका थिए। छलफलमा निषेधाज्ञाको समयावधि बढाउनुपर्ने सुझाव दिइएको थियो।
निषेधाज्ञामा पहिलेको जस्तै अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरु बिहान ९ः१५ बजेसम्म खुल्नेछन्। सरकारी गाडी, एम्बुलेन्स, कार्डबाहक सवारीसाधन चल्न दिइनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19