ghunsa khola
काठमाण्डौ । वैदेशिक रोजगार रहेका नेपाली कामदार र स्वदेशमै बसोबास गर्नेहरुका लागि जलविद्युत आयोजनामा लगानी गर्ने ठूलो अवसर आउने भएको छ । पूर्ण रुपमा नेपालीहरुको लगानीमा दुुईवटा जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडि बढेसँगै निकट भविष्यमै ९ अर्ब बढी रकमको आइपीओ समेत जारी हुने भएको हो ।
अघिल्लो वर्षको बजेटमै घोषणा गरिएको दुुईवटा रेमिट हाइड्रोलाई आयोजना निर्माणको अनुमति दिइएपछि नेपालीहरुको लगानीमा ती दुुई आयोजनाको काम अगाडि बढेको हो ।
उर्जा मन्त्रालयले ताप्लेजुङको घुन्साखोला र सिम्बुवाखोला जलविद्युत आयोजनाको लाइसेन्स जारी गरेको हो । यी आयोजना निर्माणको काम सरकारी स्तरबाटै हुनेछ भने यसमा पूर्णरुपमा नेपालीहरुको लगानी हुनेछ । लाइसेन्स जारी भएसँगै ती आयोजनासम्म पुुग्ने बाटो निर्माण तथा अन्य प्रक्रिया समेत अगाडि बढ्ने बताइएको छ ।
जलविद्युत विकास तथा लगानी कम्पनीको सहायक रेमिट हाइड्रो कम्पनीले करिब डेढ वर्षअघि लाइसेन्स माग गर्दै आवेदन दिएको थियो । लाइसेन्स जारी भएसँगै ७१.५ मेगावाट क्षमताको आयोजना घुन्साखोला र ५३.३ मेगावाट क्षमताको आयोजना सिम्बुवाखोलामा निर्माणको प्रक्रियाले गति लिने भएको हो ।
मन्त्रालयका एक अधिकारीका अनुसार यी दुुई आयोजना निर्माणका लागि २० अर्ब भन्दा बढी रकम लाग्नेछ । यी दुवै आयोजनालाई विदेशमा रहेका नेपालीको लगानी समेत रहने गरी निर्माण गरिनेछ ।
आवश्यक लगानी जुटाउने उद्देश्यले यी दुुई आयोजनाका लागि करिब ९ अर्ब रुपैयाँ बराबरको आइपीओ निश्कासन हुनेछ । कम्पनीले कुल लागतको ४९ प्रतिशतको हाराहारीमा सर्वसाधारणबाट लगानी जुटाउने उद्देश्यले आइपीओ जारी गर्नेछ । तर यसमा सर्वसाधारणले १५ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत र २४ प्रतिशत विदेशमा कार्यरत नेपाली कामदारहरुको लगानी सुरक्षित गरिनेछ ।
‘अधिकांश घरमा रेमिटान्स प्रयोग र खर्च गर्ने अधिकार महिलामा हुने भएकाले २४ प्रतिशतको आधा हिस्सा सेयरमा महिलाको स्वामित्वलाई अनिवार्य गरिएको छ ।’ मन्त्रालय स्रोतले भन्यो–‘ताप्लेजुङका स्थानीयलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत सेयर लगानी गर्न दिइने छ ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago