काठमाण्डौ। हुवावे कन्ज्युमर बिजनेस ग्रुपले हुवावे वाई सिरिजअन्तर्गतको स्टाइलिस नयाँ मोबाइलफोन हुवावे वाई सेभेन पी नेपाली बजारमा सार्वजनिक गरेको छ। कैयौँ नयाँ थप विशेषताहरू र जीवनका रमाइला तथा अविस्मरणीय पलहरू कैद गर्नका लागि ४८ एमपीको मेन क्यामरासहितको ट्रिपल क्यामरा सिस्टम रहेको छ। विभिन्न विशेषताहरू भएको हुवावे वाई सेभेन पी मूल्यअनुसारको सही उत्पादन खोज्ने ग्राहकहरूका लागि एकदमै सही रोजाई हो।

यो स्मार्टफोन कालो (क्लासिक मिडनाइट ब्ल्याक) र नीलो (युनिक ओरोरा ब्लु) रंगहरूमा उपलब्ध छ। ४ जीबी र्यानम तथा ६४ जीबी स्टोरेज भएको यस हुवावे वाई सेभेन पी को मूल्य नेपाली बजारमा २३,९९० रुपैयाँ तोकिएको छ।

अल–राउण्ड फोटो खिच्ने अनुभव

हुवावे वाई सेभेन पीमा रियर ट्रिपल क्यामरा सेट अप रहेको छ। यसमा एफ÷ १.८ वाइड एपर्चर लेन्ससहितको ४८ एमपीको मेन क्यामरा रहेको छ जसमार्फत् हाई रेजलुसनको तस्वीरहरू लिन मिल्दछ। यसमा रहेको ८ एमपीको अल्ट्रा वाइड क्यामराले ल्यान्डस्केप सटहरू, समूहमा खिचिने फोटोहरू तथा वाइड एंगल भिडिओ खिच्नका लागि १२० डिग्री फिल्ड अफ भ्यूलाई सपोर्ट गर्दछ साथै यसमा कुनै पनि आकर्षक पोट्रेटहरू खिच्नका लागि चाहिने डेप्थ अफ फिल्ड इफेक्ट सपोर्ट गर्ने २ एमपीको डेप्थ असिस्ट क्यामरा रहेको छ।

ठूलो १/२ ईन्च सेन्सर भएको हुवावे वाई सेभेन पी कम प्रकाश भएको ठाउँमा पनि आकर्षक फोटोहरू खिच्दछ। साथै नाइट मोडले पनि ६ सेकेण्डभित्र खिचिने फोटोहरूका लागि स्टेबलाइजेसन सपोर्ट गर्दछ। हुवावे वाई सेभेन पीमा एआई सिन रेकग्निशन क्यामराहरू रहेको छ जसले रियर क्यामराहरूलाई पाँच सयभन्दा बढी सिनहरू चिन्दछ र रियल टाइम कस्टम म्यानेजमेन्ट इन्ह्यान्समेन्ट गर्दछ। यसका साथै यसमा भएको पन्च फूल भ्यू डिस्प्ले हुवावेको क्यामरा एआई एल्गरिदमहरू सपोर्ट गर्ने शक्तिशाली ८ एमपी फ्रन्ट क्यामरा हो।

सधैँ एक्सेसिबल हुने स्मार्ट कम्प्यानियन

हुवावे वाई सेभेन पीको पछाडिको भागमा रिफेक्लेटिभ लेयर रहेको छ जसले फ्युचरिस्टिक ग्लेर इफेक्ट दिन्छ। मिड फ्रेमले दुई साइडहरूलाई बिना कुनै अवरोध कनेक्ट गर्दछ जसले हेर्दा निकै आकर्षक लाग्ने स्ट्रीमलाइन्ड यूनी बडी दिन्छ।

ग्राहकलाई लोभ्याउने खालको डिस्प्ले

शोस्टपरका रुपमा डिजाइन गरिएको हुवावे वाई सेभेन पी मा आकर्षक पन्च फूल भ्यू डिस्प्ले जडित रहेको छ। ६.३९ ईन्च अग्लो र थोरै बेजल भएको यस मोबाइलफोनले १५६०x७२० एचडी प्लस रेजलुसन सपोर्ट गर्दछ। मोबाइलफोनको बाँया पट्टिको माथि रहेको कुनामा ४.५ एमएम चौडाईको ब्लाइन्ड होल (प्वाल) छ जुन मोबाइलफोन इन्डष्ड्रीमा हुने मध्येकै सबैभन्दा सानो हो।

सन्तुलित तथा दिगो कार्यक्षमता

किरिन ७१० एफमा आधारित रहेको प्रयोग गर्न सजिलो इन्टेलिजेज्ट ईएमयूआई ९.१ हुवावे वाई सेभेन पी को उत्कृष्ट कार्यप्रदर्शन र मनोरञ्जनसम्बन्धी एपहरू चलाउँदा प्रयोगकर्तालाई सहज अनुभव प्रदान गर्दछ। ४ हजार एमएएच क्षमताको ब्याट्री तथा हुवावेको एआई पावर सेभिङ प्रविधियुक्त हुवावे वाई सेभेन पीको ब्याट्री आयु लामो र टिकाउ हुने गर्दछ।

प्रि–इन्टल्ड हुवावे एपग्यालरी 

हुवावे वाई सेभेन पीको कोरमा हुवावे मोबाइल सर्भिसेस– एचएमएस जडित छ जसमार्फत् प्रयोगकर्ताहरूले आफ्नो मोबाइलफोनमा एपहरू सजिलै डाउनलोड गर्न सक्ने प्लेटफार्म हुवावे एप ग्यालरीसहित  आवश्यक कैयौँ स्मार्टफोन विशेषताहरू रहेका छन्।

थप खुशी प्रदान गर्ने स्टाइलिश तथा व्यवहारिक डिजाइन

  • ट्रेन्ड सेटिङ पन्च फूल भ्यु डिस्प्ले
  • विशेष डिस्प्ले प्यानल
  • मोबाइलफोन इन्डष्ट्रीकै अग्रणी ब्लाइन्ड होल सलुसन

एआई असिस्टेड क्यामराका साथमा प्रोफेशनल जसरी फोटो खिचौँ

  • ४८ एमपी मेन क्यामरासहितको रियर ट्रिपल क्यामरा
  • फोटो तथा भिडिओ सेयर गर्नका लागि १२० डिग्री एंगल अफ भ्यू
  • परिष्कृत नाइट मोड
  • एआई सिन रेक्गनिशन
  • ब्याकलिट फोटोग्राफीका लागि एचडीआर मोड
  • वाइड एपर्चर इफेक्टहरू
  • फ्रन्ट फेसिङ ८ एमपी सेल्फी क्यामरा

दिगो ब्याट्री आयु

  • ४ हजार एमएएचको ठूलो ब्याट्री

उत्कृष्ट स्मार्टफोन कार्यक्षमता

  • किरिन ७१० एफ : उच्च प्रदर्शन तथा कम पावर खपत गर्ने
  •  फुल सिन एक्सलरेसन
  • ४ जीबी र्याचम तथा ६४ जीबी स्टोरेज

ईएमयूआई ९.१ का कारण रोचक मोबाइलफोनको प्रयोगको अनुभव

  • इनोभेटिभ फाइल सिस्टमका कारण थप सम्भाव्यताहरू सम्भव
  • सुरक्षित तथा छिटो अनलकका लागि फेस अनलक २.०
  • आँखाका लागि टियूभी रेइन्ल्याण्ड सर्टिभाइड आई कमर्फट मोड
  •  हुवावे हिसन ६.० सराउण्ड साउण्ड
  • डुअल सिम तथा ५१२ जिबीसम्मको मेमोरी कार्ड लागि ट्रिपल स्लट