काठमाण्डौ । सरकारले एउटै तहका कर्मचारीहरुको तलब समान बनाउन उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ।
मन्त्रिपरिषद आज बसेको बैठकले समिति गठन गरेको हो। सरकारले पूर्वमुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ।
असमान तलब वृद्धिको विरोधमा केही दिनदेखि तल्लो तहका कर्मचारीहरु आन्दोलित हुँदै आएका छन्। उनीहरुले अर्थमन्त्री जनार्दन शर्माले भेटेर यस विषयमा जानकारी पनि गराएका थिए।
त्यही बेला अर्थमन्त्री शर्माले तलबमान निर्धारणका लागि समिति गठन गर्ने आश्वासन दिएका थिए । सोही आश्वासनबमोजिम सरकारले समिति गठन भएको हो।
चालु आर्थिक वर्षको बजेटमा सरकारले राष्ट्रसेवक कर्मचारीहरुको तलब १५ प्रतिशतका दर बढाएको छ। केही दिनअघि अर्थ मन्त्रालयले नयाँ तलबमान पनि सार्वजनिक गरिसकेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago