काठमाण्डौ। साताको पहिलो कारोबार दिन आइतबार बजार ३५ अंकले घटेर बन्द भएको छ ।

प्राविधिक रुपमा आजको बजारलाई हेर्दा वियरिस मारुबुजु क्यान्डल बनेको छ । यसले घट्दो बजारलाई सँकेत गर्छ । बजारलाई बोलिङगर ब्यान्डमार्फत हेर्दा आज तल्लो विन्दुमा छोएको छ । योसँगै अपर ब्यान्ड र लोवर ब्यान्डको दुरी पनि बढेको छ । यसले घट्दो बजारलाई सँकेत गर्छ । डेली बेसमा नै बजारलाई म्याक्डीमार्फत हेर्दा वियरिस क्रसओभर बनेको छ ।

योसँगै हिस्टोग्राम पनि नेगेटिभ र लामा लामा हुँदै गएका छन् । यसले बजारमा केही समय अझै बिक्री दवाव आउन सक्ने देखिन्छ । आरएसआईमार्फत हेर्दा बजार ओभर सोल्ड जोन ३७ को तहमा पुगेको छ । बजार घट्दा यस्तो विन्दु ओभर सोल्ड जोन ३०  भन्दा पनि तल जान सक्छ ।

पछिल्लो पल्ट बजारले एकपछि अर्को सपोर्ट भत्काउँदै झरेको देखिन्छ । यसअघि १ हजार ९६०  को बलियो सपोर्ट भत्काएको बजारले आज अघिल्लो  पटक सपोर्ट लिएको विन्दु  १ हजार ९३०  भन्दा पनि तल बन्द भएको छ । यसले बजार कमजोर बनेको र बजारको भबिश्य अनिश्चित जस्तो देखाउँछ ।बजारलाई भोलुममार्फत हेर्दा घट्दो बजारमा भोलुम बढेको छ । यो पनि त्यत्ति राम्रो मान्न सकिदैन । 

बजारलाई पिभटमार्फत हेर्दा आज दोस्रो बिन्दु १ हजार ९२० मा सपोर्ट लिएको छ । आगामी कारोबारमा यदि बजार यहाँबाट पनि तल जान्छ भने अबको तेस्रो सपोर्ट भनेको १ हजार ८९० मा  हुन सक्छ ।

बजारलाई डाउ थेउरीबाट नियाल्दा पनि नयाँ लोवर लो बनाउँदै खसेकोले खासै राम्रो सँकेत देखिदैन । सुपर ट्रेन्डमा पनि बजार वियरिस बनेको छ । 
 

नोट : सेयर बजारमा लगानी जोखिम पुर्ण हुन्छ, यो  विश्लेषण कारोबारको सिफारिस भने होइन ।