symbolic photo
काठमाण्डौ । उकालो यात्रामा निरन्तर उक्लिरहेको सेयर बजार यो साताको पहिलो कारोबार दिन सोमबार भने सुस्ताएको छ । नेप्से परिसूचकमा दोहोरो अंकले करेक्सन भएको छ भने कारोबार रकम पनि घटेको छ । परिसूचक र कारोबार रकम दुवै समानान्तर ढंगले घट्ने अवस्था कसरी सिर्जना भयो ?
विश्लेषकहरुले बजारमा सर्टटर्म कारोबारी हाबी भएका कारण बजार एकाएक घटेको दाबी गरेका छन् । उनीहरुले एकातिर सर्टटर्म कारोबारीले आफूले खरीद गरेको सेयरमा केही मार्जिन लिई बेच्ने हतारो गरेका र अर्कोतिर, यही बेला कतिपय लगानीकर्ताहरुलाई निर्वाचन समेत लागेकोले बजारको चहलपहल कम भएको बताएका छन् ।
दोश्रो चरणको निर्वाचनका लागि आज राति १२ बजेदेखि शून्य समय सुरु हुँदैछ । गणतन्त्रलाई संस्थागत गर्न तथा संविधानको कार्यान्वयनका लागि ऐतिहासिक मतदानमा सहभागी हुन राजधानी केन्द्रीत कतिपय लगानीकर्ता आफ्ना गृहजिल्ला हानिएका छन् । पर्याप्त लगानीकर्ताहरु नहुँदा सेयर खरिदारीमा मन्दी आई बजार घटेको बताइएको छ ।
सोमबार नेप्से परिसूचक १०.९ अंक घटेर १५२६.७७ अंकमा झरेको छ । यो दिन होटल र उत्पादनमूलक बाहेक सबै समूहको परिसूचक घटेको छ । होटल समूहमा १८.९३ अंक र उत्पादनमूलकमा ५.३५ अंकको बढोत्तरी देखियो ।
यस्तै, बैकिङ समूह ८.२३, विकास बैंक समूह १४.७२, बिमा समूह १०४.५९ अंकले घटेका छन् । यसैगरी, जलविद्युत समूह १.१, बित्त समूह ३.४८, माइक्रोफाइनान्स समूह २०.०६ र अन्य समूह ७.२३ अंकले घटेका छन । यो दिन ट्रेडिङ समूहमा १.४४ अंकको गिरावट आएको छ ।
यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स २.२९ अंकले घटेको छ । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.७८ अंकको गिरावट आयो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५७ कम्पनीका कुल १० लाख १६ हजार ४ सय ९३ कित्ता सेयर ५४ करोड २३ लाख ९३ हजार १ सय ३४ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी बुटवल पावर कम्पनीले ३ करोड ३ लाख बढीको कारोबार गर्यो । यस्तै, एनसीसी बैंकले २ करोड ९३ लाख, शिखर इन्स्योरेन्सले २ करोड ८६ लाख, यूनाइटेड इन्स्योरेन्सले २ करोड १५ लाख, जनता बैंक नेपालले १ करोड ७६ लाख, चिलिमे हाइडोले १ करोड ६८ लाख, एभरेष्ट बैंकले १ करोड ५९ लाख बढीको कारोबार गर्यो । यस्तै, हिमालयन पावर पार्टनर लिमीटेडले १ करोड ५४ लाख, एनएलजी इन्स्योरेन्सले १ करोड ४१ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन हिमालयन पावर पार्टनर लिमीटेडले धेरै कमायो । यो कम्पनीको सेयर मूल्यमा ६.४७ प्रतिशतको बढोत्तरी भयो । ओरिएन्टल होटल लिमीटेडले ४ प्रतिशतको हाराहारीमा कमायो ।
यो दिन सबैभन्दा बढी यूनाइटेड इन्स्योरेन्सले गुमायो । यो कम्पनीको सेयर मूल्यमा ५.२७ प्रतिशतको गिरावट देखियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago