काठमाण्डौ । तिहारअघि नै अनलाइन सेयर कारोबार प्रणालीको सुरुवात हुने खबरले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ । अनलाइन कारोबार प्रणालीको कार्यान्वयनसँगै बजारको बिस्तार र विकास हुने आशामा लगानीकर्ता सक्रिय बन्दा मंगलबार नेप्से परिसूचक ७.४३ अंकले बढेको हो । 

यो दिन सेन्सेटिभ इण्डेक्स १.५८ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६३ अंकको बढोत्तरी भएको छ । 

यो दिन होटल समूहमा १२.८२ अंकको गिरावट आएको छ भने जलविद्युत समूह ५.४ अंक तथा माइक्रोफाइनान्स समूह १ अंकले घटेका छन् । 

यो दिन बैंकिङ समूह ९.१२ अंकले बढेको छ भने विकास बैंक समूह १०.२१ अंक, बित्त समूह ०.३९ अंक, निर्जीवन बिमा समूह २३ अंक, उत्पादनमूलक १३.०३ अंक, जीवन बिमा समूह २३.६७ अंक तथा अन्य समूह ५.१३ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६३ कम्पनीका ९ लाख २४ हजार ६ सय ६५ कित्ता सेयर २२ करोड १८ लाख ४ हजार ४ सय ६ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी प्रभू बैंकले १ करोड ८० लाख बढीको कारोबार गर्यो । यस्तै, लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड ७१ लाख, मेगा बैंकले ८२ लाख, एनएमबी बैंकले ८२ लाख, जनता बैंक नेपालले ८० लाख, एनआइसी एशियाले ७५ लाख, बैंक अफ काठमाण्डूले ६२ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ६२ लाख, ग्लोबल आइएमई बैंकले ५७ लाख र एभरेष्ट बैंकले ४९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेपाल सेवा लघुवित्तले पोजिटिभ सर्किट हानेको छ । यो कम्पनीको स्ेयर मूल्यमा १० प्रतिशतको हाराहारीले वृद्धि भयो । नेपाल हाइडो डेभलपर्स लिमीटेडको मूल्यमा ८.४० प्रतिशतको बढोत्तरी भयो । 

यो दिन अपी पावर कम्पनीका लगानीकर्ताले धेरै  गुमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो ।