काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने म्याद दुई साता थप गरिएको छ।
बैंकको हकप्रदमा अब कात्तिक २९ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ। यसअघि यो बैंक हकप्रदमा आज कात्तिक १४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने भनिएको थियो।
एक्सेल डेभलपमेन्ट बैंकले बैंकले गत असोज २५ गतेबाट आफ्ना सेयरधनीहरुका लागि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। जसअनुसार बैंकले १०० अंकित दरका कुल २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गरेको छ।
नेपाल धितोपत्र बोर्डले यो बैंकलाई गत साउन ३१ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो। यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।
हकप्रद जारी प्रयोजनका लागि बैंकले गत असोज १ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत भदौ ३१ गतेसम्म कायम सेयरधनीहरुमात्रै आवेदन दिन योग्य भएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago