 
                     
                                
                             
                                    काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज कात्तिक २९ गते अन्तिम दिन रहेको छ।
एक्सेल डेभलपमेन्ट बैंकले बैंकले गत असोज २५ गतेबाट आफ्ना सेयरधनीहरुका लागि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। जसअनुसार बैंकले १०० अंकित दरका कुल २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गरेको छ।
धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज बैंकिङ समयसम्म हकप्रदमा आवेदन दिन सकिनेछ। यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।
सीडीएससीका अनुसार हिजो अपराह्न ४ बजेसम्म यो बैंकको हकप्रदमा ५ हजार ७८३ आवेदकबाट कुल ५ लाख ४१ हजार ५७३ कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन कुल कित्ताको २२.२५ प्रतिशतमात्रै हो।
हकप्रद जारी प्रयोजनका लागि बैंकले गत असोज १ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत भदौ ३१ गतेसम्म कायम सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्।
नेपाल धितोपत्र बोर्डले यो बैंकलाई गत साउन ३१ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19