काठमाण्डौ । सेयर बजारमा कारोबार सुरु भएको एक घन्टा नहुँदै सोमबार पनि दुईवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। 

गणपति मोइक्रो फाइनान्स वित्तीय संस्थान लिमिटेड र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडको सेयर मूल्यमा उछाल आएपछि पोजेटिभ सर्किट लागेको हो। आइतबार पनि गणपतिको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको थियो। 

दुवै कम्पनीको सेयरमा खरिद चाप बढे पनि बिक्री गर्ने एकजना पनि नभएपछि पोजिटिभ सर्किट लागेको हो । सेयर मूल्यमा १० प्रतिशतको हाराहारीले बढेर गणपतिको प्रतिकित्ता ३९३ रुपैयाँ पुगेको छ भने जनउत्थानको प्रतिकित्ता १०९६ रुपैयाँ पुगेको छ। 

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा गणपतिको १२ हजार ३१५ र जनउत्थानको १ हजार सेयर खरिद पोस्ट भएको छ। दुवैको बिक्रीतर्फ भने कुनै आदेश पोष्ट भएको छैन।

यसले दुवै कम्पनीको सेयर बिक्री गर्न चाहने लगानीकर्ता नभएको र खरिदमा मात्र चाप देखिएको प्रस्ट पार्छ ।