काठमाण्डौ । पछिल्लो समय पुँजी बजारमा ह्वात्तै आकर्षण बढेको छ। जसका कारण परिसूचकसँगै बजार पुँजी झन्डै सतप्रतिशत बढोत्तरी भएको छ।
अर्थ मन्त्रालय जारी गरेको माघ महिनाको आर्थिक बुलेटिनअनुसार नेप्से परिसूचक झन्डै दोब्बरको हाराहारीमा वृद्धि भएको छ। चालु आर्थिक वर्षका माघ मसान्तसम्म परिसूचक २५२६.९२ को विन्दुसम्म पुगेको बुलेटिनमा उल्लेख छ। जब कि गत आर्थिक वर्षको यही महिनामा परिसूचक १३४५.९८ को विन्दुमा रहेको छ।
परिसूचकसहित बजार पुँजीकरण पनि ९८.३ प्रतिशतले बढेको देखिएको छ। यस अवधिमा वार्षिक विन्दुगत आधारमा बजार पुँजीकरण बढेर ३४ खर्ब ६ अर्ब १७ रुपैयाँ पुगेको थियो। जब कि गत वर्ष यही महिना बजार पुँजीकरण १७ खर्ब १७ अर्ब ५० करोड रुपैयाँ रहेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19