काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले काठमाण्डौ उपत्यकाभित्र फोहोर कम्तीमा एक साता घरभित्रै राख्न अपिल गरेको छ।
महानगरले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट जाने सिसडोलस्थित भ्याली–१ को सडक निर्माण कार्य भइरहेकाले कम्तीमा एक साता घरभित्रै फोहोर जम्मा गरेर राख्न सूचनामा अपिल गरिएको छ।
महानगरका अनुसार एक हप्ता सवारीसाधन नचलाउन सहरी विकास तथा भवन विभागले आग्रह गरेकोले त्यस अवधिमा कुहिने र नकुहिने फोहोर छुट्याएर घरभित्रै राख्न आग्रह गरिएको हो। घरबाट निस्कने फोहोर सडक, चोक र सार्वजनिक स्थानमा नफाल्ने पनि सूचनामा आग्रह गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19