काठमाण्डौ। कोरोना महामारीले पूरै विश्व आतंकित बनेको छ। कोरोना बच्न अनेकन किसिमका मापदण्ड तयार पारिएका छन्। थुप्रै खोप पनि विकास भएका छन्।
कोरोना संक्रमणबाट बच्न विभिन्न देशमा खोप अभियान नै चलिरहेको छ। कोरोनाविरुद्धको कुनै पनि खोप २ डोजसम्म लगाउनुपर्ने हुन्छ। तर एक महिलालाई ६ डोजसम्म खोप दिइयो भन्दा आश्चर्य लाग्न सक्छ।
यस्तै भएको इटलीमा। इटलीको टस्कनी सहरस्थित नोआ अस्पतालमा एक महिलालाई फाइजरको ६ डोज खोप दिइएको तथ्य सार्वजनिक भएको हो।
गत आइतबार अस्पताल खोप लगाउन पुगेकी ती महिलालाई स्वास्थ्यकर्मीले गल्तीले फाइजरको पूरै बोतल (६ डोज) लगाइएका थिए। ती स्वास्थ्यकर्मीले आफूले गल्ती गरेको स्वीकार गरेका पनि छन्।
अस्पतालकी प्रवक्ता ड्यानियला गियानलीले ६ डोज लगाइएकी ती महिलाको अवस्था सामान्य रहेको बताउँछिन्। ‘केही होला कि भनेर हामीले ती महिलालाई २४ घन्टा अस्पतालमै राख्यौँ’, उनले भनिन्, ‘तर उनको स्वास्थ्यमा कुनै समस्या देखिएन।’
स्वास्थ्य सामान्य देखिएपछि ती महिलालाई सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको छ।
ड्यानियलाका अनुसार २३ वर्षीया ती महिलाको इम्युन सिस्टम मनिटर गर्ने काम भने जारी राखिनेछ। ‘ओभरडोज भ्याक्सिनले कुनै नोक्सानी त पुर्याउँदैन भन्नेमा हामी सतर्क छौँ’, उनले भनिन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19