काठमाण्डौ । काठमाण्डौ जिल्लामा सञ्चालन भइरहेको कोभिडविरुद्धको खोप अभियान स्थगित गरिएको छ। 

यसअघि भेरोसेल खोप लगाउने अभियान असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालन गर्ने भनिएको थियो। तर, खोप सकिएपछि अभियान स्थगित गर्नुपरेको जिल्ला स्वास्थ्य कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ। 

अब अर्को सूचना जारी नभएसम्मका लागि भेरोसेल खोप पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित भएको कार्यालयले जनाएको छ। 

यो खोप अभियानअन्तर्गत ५५ वर्षदेखि माथिका सबै व्यक्तिलाई भेरोसेल खोपको पहिलो मात्रा दिने कार्यक्रम थियो। जसअन्तर्गत खोप विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकलाई भेरोसेल खोप दिने र अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई लगाइदिने भनिएको थियो।