काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी बैशाख ८ गतेदेखि १ करोड ६१ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ निश्कासन गर्न लागेको हो । 

आइपीओमा न्यूनतम १० र अधिकतम ८०० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

यो कम्पनीलाई बोर्डले ८ दिनअघि आइपीओ निश्कासनको अनुमति दिएको थियो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेड रहेको छ । 

कम्पनीले निश्कासन गर्न लागेको कुल कित्तामध्ये २ हजार ४८९ कम्पनीका कर्मचारीका लागि, ८ हजार ८९ कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको १ लाख ५१ हजार २०० रुपैयाँ मात्रै सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

रु. ३ करोड भन्दा कमको आइपीओलाई क्रेडिट रेटिंग गर्न नपर्ने सुविधा उपलब्ध छ ।

वि.सं. २०७३ सालबाट संचालनमा आएको यो लघुवित्त वित्तीय संस्थाको मुख्य कार्यालय कास्कीको पोखरामा छ । 

हाल यो कम्पनीको कार्यक्षेत्र कास्कीसहित पर्वत, बाग्लुङ, पाल्पा, सल्यान, गुल्मी, तनहुँ, लमजुङ, प्यूठान र रोल्पा रहेको छ ।