काठमाण्डौ । नेपाल सरकारले एसियाली विकास बैंक (एडीबी)बाट १०० मिलियन डलर (करिब १३ अर्ब १३ करोड रुपैयाँ)बराबरको सहूलियतपूर्ण ऋण लिने भएको छ।

मन्त्रिपरिषद्को मंगलबार बैठकले यस्तो निर्णय गरेको गरेको हो। मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकले सार्वजनिक वित्त व्यवस्थापन तथा सेवाको सुधारका लागि बजेटरी सहायताका रुपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्नेसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गरेको पनि जानकारी दिइन्। 

सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री शर्माले बताइन्।