NIC Asia Bank Limited
काठमाण्डौ । एनआइसी एशिया बैंकले आज(भदौ २१ गते) देखि सर्वसाधारणका लागि १ लाख ८३ हजार कित्ता ऋणपत्र निश्कासन गरेको छ ।
प्रतिकित्ता १ हजार रुपैयाँको दरले बैंकले ११ प्रतिशत एनआइसी एशिया ऋणपत्र २०८२/८३ जारी गरेको हो ।
ऋणपत्रमा छिटोमा भदौ २५ गतेभित्र र ढिलोमा असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
निश्कासन हुने कुल कित्तामध्ये २० प्रतिशत सर्वसाधारणका लागि र बाँकी ८० प्रतिशत प्राइभेट इन्भेष्टमेन्ट कम्पनीहरुका लागि सुरक्षित गरिएको छ।
यसरी सर्वसाधारणका लागि ३६ करोड २० लाख र प्राइभेट इन्भेष्टमेन्ट कम्पनीका लागि १ अर्ब ४६ करोड रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक हुन लागेको हो ।
ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याज पाइनेछ । ऋणपत्रको ब्याज प्रत्येक ६ महिनामा भुक्तानी हुनेछ । ऋणपत्र ७ वर्षपछि परिपक्व हुनेछ ।
ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेड रहेको छ ।
इच्छुकले न्यूनतम २५ कित्ता ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् । अधिकतममा सबै कित्ता खरीदका लागि समेत आवेदन दिन पाइनेछ ।
यसअघि एनआइसी एशियाले ७.२५ प्रतिशतको एनआइसी एशिया डिवेञ्चर २०७७, ९ प्रतिशतको एनआइसी एशिया डिवेञ्चर २०८१/८२ निश्कासन गरिसकेको छ । यो ऋणपत्रको निश्कासनपछि बैंकको कुल ऋणपत्रको आकार ५.३३ अर्बको हुनेछ ।
यो बैंकको ऋणपत्रलाई केयर रेटिङ्स नेपालले न्यून कर्जा जोखिम जनाउने ‘केयर एनपी ए’ रेटिङ दिएको छ । यसको अर्थ ऋणपत्रमा लगानी गर्नु जोखिमपूर्ण छैन भन्ने हो ।
इच्छुकले ऋणपत्र खरीदका लागि बिक्री प्रबन्धक नवील इन्भेष्टमेन्ट बैंकिंगको नक्सालस्थित मुख्य कार्यालय, एनआइसी एशियाको मुख्य तथा सबै शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आस्वा सेवामा सहभागी बैंक तथा बित्तीय संस्था र तिनको शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago