काठमाण्डौ । लघुवित्त कम्पनीमध्येकै ठूलो एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको आईपीओ आइतबार बाँडफाँड हुुुने सम्भावना छ । 
सानिमा क्यापिटलले एनआइसी एसिया लघुुवित्तको आइपीओमा परेको आवदेनलाई प्रमाणित गर्दा ३ लाख ९७ हजार ७४१ आवेदनमात्र योग्य रहेको जनाएको छ । संस्थागत लगानीकर्ता र दोहोरो आवेदनलाई भेरिफाइ गरेपश्चात् आज क्यापिटलले योग्य आवेदन ३ लाख ९७ हजार ७४१ मात्र रहेको बताएको छ ।

क्यापिटलका अनुुसार आज एनआइसी एसिया लघुुवित्तको आइपीओ प्रिअलटमेन्ट भएको छ । जसअनुुुसार पर्सि शनिबार समय निर्धारित गरी आइतबार आइपीओ बाँडफाँड हुुने क्यापिटलको भनाइ छ ।

गत असार १४ गते अन्तिम दिन आइतबारसम्म मागभन्दा ५ गुणाभन्दा बढी कित्ताका लागि आवेदन परेको थियो जसमा ४ लाख १२ हजार ३३२ जनाले आइपीओ आवेदन गरेका थिए । 

यो कम्पनीले निश्कासन गरेको १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख ५५ हजार कित्तामध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८०० कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको हो। 

एनआइसी एशिया लघुवित्त एनआइसी एशिया बैंकको सहायक कम्पनी हो । यो कम्पनीले करिब ३ महिनाअघि धितोपत्र बोर्डबाट आइपीओ निश्कासनको स्वीकृति पाएको थियो । 

यो वित्तीय संस्थाको दुई महिनाअघि सम्पन्न दोश्रो वार्षिक साधारणसभाले आइपीओ निश्कासन गरी सर्वसाधारणबाट पूँजी जुटाउने निर्णय गरेको थियो। 

यो कम्पनीले जारी गर्न लागेको आइपीओको आकार नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओमध्येकै ठूलो हो। 

यो आइपीओलाई केयर रेटिङ्स नेपालले औसतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ। 

यस लघुवित्त वित्तीय संस्थाले स्थापनाको छोटो समयमै दुर्गम जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय स्थापना गरी वित्तीय पहुँच नपुगेका स्थानहरुलाई प्राथमिकता दिई मुलुकको १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।