काठमाण्डौ । एनआईएमबि एस क्यापिटलले नयाँ म्युचुल फण्ड सञ्चालनमा ल्याउने भएको छ ।
कम्पनीले एनआईबिएल स्टेबल फण्ड सञ्चालनमा ल्याउन लागेको हो ।यो एक बन्दमुखी योजना हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई माघ २ गतेदेखि बिक्रीमा ल्याउन लागेको हो।
निष्कासन गरिने कुल इकाईमध्ये एक प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई सुरक्षित गरिएको छ ।
कम्पनीले बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्नेछ ।
उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिन सकिने छ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सकिन्छ ।
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा माघ ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सम्पर्ण इकाईका लागि आवेदन नपरेको खण्डमा माघ १६ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ ।
फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल छ ।
१२ वर्षे अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले सिआश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago