काठमाण्डौ । एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने छैटौं योजना ‘एनआईबिएल स्टेवल फण्ड’ को सार्वजनिक निष्कासन मंगलबारबाट हुने भएको छ । 

योजनाको आकार १ अर्ब रुपैयाँ र समयावधि १२ वर्षको  छ । यो हाल सम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजनासमेत हो । 
 

योजना अवधि भर उक्त योजनाले वार्षिक प्रतिफलको रुपमा १६.१८ प्रतिफल इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ । 
 

योजनाको सार्वजनिक निष्कासन माघ २ गतेदेखि छिटोमा माघ ५ र ढिलोमा माघ १६गतेसम्म रहनेछ ।

इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम  १ हजार रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म लगानीका गर्न सक्नेछन् । 

लगानीकर्ताहरुले आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगईन गरी अनलाईन आवेदन दिन सक्नेछन् । 
 

एनआईबिएल स्टेवल फण्डका इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएपछि योजनाको समयवधिसम्म दोश्रो बजारमा खरिदबिक्री गर्न सकिने छ ।

योजनाको कोष प्रबर्द्धकमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तथा योजना व्यवस्थापकमा एनआईएमबि एस क्यापिटल  रहेको छ ।

नेपाल धितोपत्र बोर्डले उक्त योजना सञ्चालन गर्ने अनुमति गत मंंसिर २१ गते दिएको थियो ।