काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल प्रगति फन्डको लाभांश घोषणा गरिएको छ। 

योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको बुधबार (भदौ १३ गते) बसेको बैठकले आर्थिक वर्ष २०७९–८०का लागि एनआईबीएल प्रगति फन्डका इकाइधनीहरुलाई करसहित ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार यो योजनाका इकाइधनीहरुलाई ५ करोड १० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले जनाएको छ। 

इकाइधनी दर्ता किताब बन्द (बुक क्लोज)सम्बन्धी सूचना भने पछि प्रकाशित गरिने क्यापिटलले जनाएको छ। 

यो योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ।