– अर्जुन तिमिल्सिना
काठमाण्डौ । एनआईसी एसिया बैंक नेपालको एक अग्रणी बैंक हो। यो बैंक सन् १९९८ मा स्थापना भएको हो। तत्कालीन समयको देशको अर्को ठूलो वाणिज्य बैंक ‘बैंक अफ एसियासँग’ मर्ज भएसँगै यो बैंक ठूलो बैंकका रुपमा अगाडि बढेको हो।
बैंकले सन् २००७ मा र २०१३ मा गरेर दुईपटक बैंक अफ द इयरको अवार्ड पाएको छ। पछिल्लो अवार्ड बेलायतको फानान्सियल पत्रिका ‘द फाइनान्सियल टाइम्स’ले दिएको हो।
यो बैंक देशका दूरदराजसम्म सबैभन्दा बढी सञ्जाल आक्रामक ढंगले विस्तार गर्ने मुलुककै पहिलो वित्तीय संस्था पनि हो। हाल यो बैंकको देशभर ३५८ शाखा रहेका छन्। यस्तै, देशभर ४७३ एटीएम काउन्टर तथा विस्तारित शाखा ६८ रहेका छन्। बैंकको देशभर ८१ वटा शाखारहित बैंकिङ इकाइ पनि रहेका छन्।
बैंकले पछिल्लो समयमा डिजिटल बैंकिङमा फोकस गरिरहेको छ। यसैको परिणामस्वरुप अहिले नै यो बैंक डिजिटल सेवा प्रवाहमा समेत अन्य बैंकभन्दा अगाडि छ।
बैंकलाई ऊर्जाशील युवा बैंकर रोशनकुमार न्यौपानेले हाँकिरहेका छन्।
आज हामीले एनआईसी एशिया बैंकको आधारभूत तथा प्राविधिक पक्षलाई केलाउने प्रयास गरेका छौँ।
आधारभूत पक्ष
यस बैंकको आर्थिक वर्ष ७८÷७९ को पहिलो त्रैमासिक प्रतिवेदनअनुसार ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँबराबर सेयर पुँजी रहेको छ। बैंकको रिटर्न अन अर्निङमा २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने रिजर्भमा ८ अर्ब ४७ करोड ५७ लाख रुपैयाँ रहेको छ। बैंकको सो अवधिको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३९.६५ रुपैयाँ रहेको छ भने प्राइस अर्निङ रेसियो २१.१३ पैसा रहेको छ। नेटवर्थ १८९.९ रुपैयाँ रहेको छ भने खराब कर्जाको अनुपात ०.४९ प्रतिशत रहेको छ। यस बैंकले रेमिट्यान्स सेवा, डिजिटल बैंकिङ सेवा तथा बैंकको सेयर दर्ता तथा रजिष्ट्रेसनका लागि क्यापिटल सेवा पनि रहेको छ।
इलिअट वेभ सिद्धान्तका आधारमा
यो सिद्धान्त १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यसले लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ।
खासमा सेयर बजारमा कुनै पनि सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो सिद्धान्त महत्वपूर्ण छ। यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरु सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावको हुन्छ भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ A हो। वेभ A, B, C ले बजार तल जाने संकेत गर्छन्। यो कम्पनीले बनाएको इलिअट वेभको करिब १० वर्षको चार्टलाई र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा इन्टरमिडियट डिग्रीको वेभ (१) मा कम्पनीको सेयरभाउ ५८० रुपैयाँसम्म आएको देखिन्छ। वेभ (२) अन्तर्गत करेक्सन भएर ३५० रुपैयाँ र सोही डिग्रीको वेभ (३) मा बढोत्तरीका साथ १०९५ रुपैयाँसम्म र वेभ (४)मा करेक्सन भएर ६८४ रुपैयाँसम्म आएको देखिन्छ। हाल यहाँबाट वेभ(५) मा बढोत्तरीका साथ जसलाई फिवोनासीमा जोडेर हेर्दा २.६१ प्रतिशतको वृद्धिले लगभग १३०० रुपैयाँसम्म पुग्ने देखिन्छ। (मुख्य तस्बिर माथि)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो। जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो कम्पनीको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवा ८०६ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवा ७८७ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवा ७६९ रुपैयाँसम्म तथा ०.६१ प्रतिशतको टेवा ७४९ रुपैयाँसम्म हुन सक्नेछ।
एमएसीडी लाइनका आधारमा
सेयरको प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिसक्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने केही २२ डिसेम्बर २०२१ मा एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र बुलिस सिग्नल बनेको देखिन्छ। (हेर्नुहोस् हरियो एरो)। जसले बुलिस सिग्नल हालसम्म पनि भ्यालिड बनेको छ र हिस्टोग्राम पोजेटिभ र लामा लामा भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय सेयरको मूल्यवृद्धि हुनसक्ने बुझिन्छ।
बोलिंगर ब्यान्डका आधारमा
यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपादन गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो कम्पनीको मूल्य रेखाले माथिल्लो ब्यान्डलाई छोएको छ र हरियो मारुबुजु क्यान्डल बनेको छ । यसले सेयरको मूल्यमा उच्च माग आएको बुझिन्छ। अन्तिम कारोबारले हरियो लामो मारुबुजु बनाएकोले केही समय खरिदको सम्भावना देखिन्छ।
आरएसआईका आधारमा
यो विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यस कम्पनीको हालको आरएसआई ६३ रहेको छ। यदि यस्तो तह ६० भन्दा माथि जान्छ भने कम्पनीको सेयरभाउ बढ्न सक्ने देखिन्छ र अघिल्लोपटक यो न्यून विन्दु २६ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु ८१ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्दा सेयरको मूल्यमा बुलिस सिग्नल देखिन्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : ७५४
घटेमा सपोर्ट
मैनबत्ती विश्लेषणका आधारमा
मैनबत्ती विश्लेषणअन्तर्गत यो कम्पनीको चार्टलाई अध्ययन गर्दा गएको साताको अन्तिम कारोबारले बुलिस इङ्गल्फिङ बनेको छ। यसले भविष्यमा सेयरको मूल्य बढ्न सक्ने संकेत गर्छ। यदि मैनबत्ती चार्टमा अघिल्लो दिनको रातो क्यान्डललाई पूरै ढाक्ने गरी पछिल्लो दिनको हरियो क्यान्डल बन्छ भने त्यसलाई बुलिस इङ्गल्फिङ भनिन्छ (हेर्नुहोस् कालो एरो )। यसको विपरीत यदि अघिल्लो दिनको हरियो क्यान्डललाई पूरै ढाक्ने गरी पछिल्लो दिनमा रातो क्यान्डल बन्छ भने त्यसलाई बियरिस इङ्गल्फिङ भनिन्छ। यस्तो अवस्थामा भने सेयरको मूल्य घट्ने संकेत गर्छ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वागत गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिनसक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago