काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि एनआईसी एसिया बैंक लिमिटेडको बुधबार सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनआईसी एसियाले प्रस्ताव गरेको १९ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गर्दै प्रतिकित्ता ५८६ रुपैयाँ कायम गरेको छ। यसअघि यो बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६९७ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यो बैंकको धितोपत्र कारोबारमा आउने छ।
एनआईसी एसियाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयरसँगै १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश बैंकले यही मंसिर २१ गते डाकेको २३ औँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ।
लाभांश र वार्षिक साधारणसभाले बैंकले आज (मंसिर १० गते) देखि मंसिर २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो (मंसिर ९ गते) सम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19