काठमाण्डौ । कोभिडको तेस्रो लहरमा संक्रमण दर बढ्न थालेपछि एनआईसी एसिया बैंकले ३८ वटा शाखा तथा विस्तारित काउन्टर बन्द गरेको छ।
बैंकले सोमबार सूचना जारी गर्दै बागमती प्रदेशका २८ वटासहित देशका विभिन्न स्थानमा ३८ वटा शाखा तथा विस्तारित काउन्ट बन्द गरेको हो। कोभिडबाट सिर्जित असहज परिस्थितिका कारण यी शाखा तथा विस्तारित काउन्टहरु बन्द गर्नुपरेको बैंकले जनाएको छ।
बैंकका अनुसार बागमती प्रदेशमा बूढानीलकण्ठ, माछापोखरी, ग्वार्को, कीर्तिपुर, न्युरोड (खिचापोखरी), ठूलोभर्याङ, बसेनी, हेटौँडा, महाराजगन्ज, पेप्सीकोला, सातदोबाटो, गोदाबरी किटिनी, काँडाघारी, नारायणगढ, सिनामंगल, दरबारमार्ग, गोठादार, कौशलटार र न्यौपाने गाउँ शाखा बन्द गरिएका छन्।
यसैगरी बागमती प्रदेशकै गोलढुंगा, धोबीघाट, एलआरआई स्कुल एसिया कलंकी, थैव, लामाटार, चन्द्रागिरी, लुभु, इकाछु र नेपाल ल क्याम्पस विस्तारित काउन्टहरु पनि बन्द गरिएका छन्।
प्रदेश १ मा भने बैंकले पुष्पलाल चोक, रोडशेष चोक (विराटनगर) र बुधबारे शाखा तथा इटहरी उपमहानगरपालिका विस्तारित काउन्टर पनि बन्द गरेको छ।
मधेश प्रदेशमा महेन्द्रनगर (धनुषा) शाखा, कर्णालीमा जुम्ला जोड शाखा तथा लुम्बिनी प्रदेशमा डिंगरनगर (तिलोत्तमा), रुन्द्रपुर, भैरहवा, देवकोटा चोक शाखा र मनिग्राम ४ नम्बर शाखा बन्द रहने बैंकले जनाएको छ।
यी शाखा तथा विस्तारित काउन्टरबाहेक देशका विभिन्न स्थानमा रहेका अन्य शाखा तथा विस्तारित काउन्टर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुलै रहने बैंकले स्पष्ट पारेको छ।
बैंकिङ आवश्यकताका लागि डिजिटिल माध्यमलाई पहिलो प्राथमिकतामा राख्न पनि बैंकले ग्राहकलाई आग्रह गरेको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago