काठमाण्डौ । एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा  आइतबार सम्पन्न भएको छ । 

उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट कम्पनीको चुक्तापूँजीको २९ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । 

उक्त साधारण सभाले २९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् कम्पनीको कुल चुक्तापूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ पुगेको छ । 

यसैगरी, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।