काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरिएको छ। 

योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८०का लागि एनआईसी एसिया ग्रोथ फन्ड र एनआईसी एसिया ब्यालेन्स्ड फन्डको लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

क्यापिटलले करसहित एनआईसी एसिया ग्रोथ फन्डका इकाइधनीहरुलाई १०.५० प्रतिशत र एनआईसी एसिया ब्यालेन्स्ड फन्डका इकाइधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

तीी दुवै योजनाका इकाइधनीहरुलाई क्रमशः ८ करोड ७६ लाख ९६ हजार रुपैयाँ र ७ करोड ५५ लाख रुपैयाँ नगद प्रतिफल वितरण गरिने क्यापिटलले जनाएको छ।