काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले  संचालनमा आएको तीन वर्ष पुरा गरेको छ । 
संचालनमा आएको छोटो समयमा नै मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेण्ट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ । मर्चेण्ट बैंकिङ्ग व्यवसायमा  तीव्र रुपमा प्रतिस्पर्धात्मक रहदा समेत एनआईसी एशिया क्यापिटल संचालनमा आएको तीन वर्षको छोटो अवधिमै विभिन्न उपलब्धि हासिल गर्न सफल भएको दाबी गरेको छ । 
क्यापिटलको हाल सम्मको प्रमुखउपलब्धिहरु ः
 मर्चेण्ट बैंकरहरु मध्ये पहिलो आइएसओ ९००१ः२०१५ सर्टिफाइड क्यापिटल ।
 निक्षेप सदस्यतर्फ १ लाख ८३ हजार भन्दा बढी हितग्राहीखाता ।
 लगानीव्यवस्थापन सेवातर्फ ३०० ग्राहकहरुलाई उत्कृष्ट लगानीव्यवस्थापन सेवाप्रदानगर्दै आइरहेको ।
 नेपालमै पहिलो पटक आइपीओ  ३७ घन्टमा बाँडफाँड गर्न सफल ।
 सेवाग्राहीहरुलाई उत्कृष्ट सेवादिने उद्देश्यका साथ संध्याकालीन काउण्टर संचालन गरिरहेको ।
 शेयर रजिष्ट्रार सेवातर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार भन्दा बढी शेयरधनीहरुलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको । 
 म्युचुअल फण्ड सेवाअन्तर्गत २ वटा बन्दमुखी योजनामार्फत ३५ हजार भन्दा बढी इकाईधनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको । साथै नेपालमै पहिलो पटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ खुलामुखी सामूहिक लगानीकोष योजना संचालन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएको ।
साथै क्यापिटलले आफ्नो तेश्रो वार्षिक उत्सवको अवसरमा नयाँ ग्राहकहरुलाई सेवाशुल्कमा विशेष  छुट योजना ल्याएको छ । जस अन्तर्गत फागुन २२ गते देखि मिति २०७७ आषाढ मसान्त सम्म नि–शुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ । यसको साथै २०७६ साल फागुन २२ गते देखि २०७६ साल चैत्र मसान्तसम्म लगानी व्यवस्थापन सेवाशुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।