काठमाण्डौ। एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर आज मंगलबारदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ।
एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको ३९ हजार १०० कित्ता संस्थापक सेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र पेस गर्न आह्वान हो।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्रा २५० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्यमा बोलपत्र पेस गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण ३९ हजार १०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई सेयर बिक्री गरिनेछ।
बोलपत्र पेस गर्ने अन्तिम मिति चैत १२ गतेसम्म तोकिएको छ।
सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19