काठमाण्डौ । आर्थिक वर्षको २०७५/७६ मा चमात्कारिक प्रगति गरेको एनआईसी एसिया बैंक लिमिटेडले मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।
बैंकको सञ्चालक समितिको आज बुधबार बसेको ४१८ औँ बैठकले १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६२१ रुपैयाँबराबरका लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंकले चुक्तापुँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६९८ रुपैयाँको १० प्रतिशतले हुन आउने ८८ करोड ३४ लाख २२ हजार ८७०२१ रुपैयाँबराबरको बोनस सेयर र ११.०५ प्रतिशतले हुन आउने ९७ करोड ६४ लाख १४ हजार ७५१ रुपैयाँ (लाभांश करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको छ । राष्ट्रबैंकबाट स्वीकृति भएर आएपछि बैंकको २२ औँ वार्षिक साधारणसभाबाट पारित गर्दै लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खूद नाफा १३१ प्रतिशतले बढाएर १ अर्ब ३२ करोडबाट ३ अर्ब ५ करोडको उचाईमा पुर्याएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago