काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आर्थिक वर्षको २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको २१.०५ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ ।
नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंक लिमिटेडको प्रस्तावित लाभांश सोमबार स्वीकृत गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गर्नेबित्तकै हिजो मंगलबार बैंकको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश पारित गर्न आगामी असोज १० गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । यसअघि बैंकको सञ्चालक समितिको गत बुधबार बसेको बैठकले १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६२१ रुपैयाँबराबरका लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
बैंकले चुक्तापुँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६९८ रुपैयाँको १० प्रतिशतले हुन आउने ८८ करोड ३४ लाख २२ हजार ८७०२१ रुपैयाँबराबरको बोनस सेयर र ११.०५ प्रतिशतले हुन आउने ९७ करोड ६४ लाख १४ हजार ७५१ रुपैयाँ (लाभांश करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्तावित लाभांश स्वीकृतिका लागि गत भदौ ११ गते नेपाल राष्ट्र बैंकमा पठाएको थियो ।
साधारणसभा र लाभांश वितरणका लागि बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सेयर दाखिला बन्द गर्ने भएको छ ।
बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खूद नाफा १३१ प्रतिशतले बढाएर १ अर्ब ३२ करोडबाट ३ अर्ब ५ करोडको उचाईमा पुर्याएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19