काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गैरआवासीय नेपाली (एनआरएन)लाई पुँजीबजारमा भित्र्याउन कानुन संशोधन गर्ने भएको छ। 

सेबोनले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममो एनरआएनलाई पुँजीबजारमा भित्र्याउने विषयलाई प्राथमिकतामा राखिएको हो। एनआरएनलाई पुँजीबजारमा भित्र्याउनेसम्बन्धी कानुनमा संशोधन गर्ने भएको छ। 

पुँजीबजारमा भित्र्याउन हालको व्यवस्थामा ५ लाख डलरको क्याप बाधक रहेको अवस्थामा सेबोनले यस्तो कानुनको परिमार्जन गर्नुपर्ने बताउँदै आएको थियो। 

यसका साथै वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने पनि सेबोनको नीति तथा कार्यक्रममा परेको छ।