काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयर आज बुधबारबाट नियमित करोबार सुरु भएको छ । कारोबार सुरु भएकै दिन यो कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। 

पहिलो दिन स्पेसल प्रिओपनिङ सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ३०६ रुपैयाँमा कारोबार भएसँगै नियमित कारोबार सुरु भएको हो। नेप्सेले यो कम्पनीको सेयर कारोबारका लागि ओपनिङ रेन्ज १०२.०६ रुपैयाँदेखि ३०६.१८ रुपैयाँ तोकेको छ भने कारोबार संकेत एनआरएन दिएको थियो।

भर्खरै आईपी बिक्री गरेको यो कम्पनीको १ करोड १३ लाख २६ हजार ८२१ कित्ता हिजो मंगलबार नेपाल स्टक एक्सचेजन्जमा साधारण सेयर सूचीकृत भएसँगै आजबाट कारोबार खुलेको हो। 

यो समाचार तयार पार्दासम्म २९ हजार ६१ कित्ता सेयर ९३ लाख ७९ हजार ६६ रुपैयाँ कारोबार भएको छ। 

कारोबार खुलेको पहिलो दिन नै सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा उछाल आएसँगै पोजेटिभ सर्किट लागेको हो। योसँगै कम्पनीको सेयरमूल्य प्रतिकित्रा ३३६ रुपैयाँ पुगेको छ। यो कम्पनीको सेयर कारोबार प्रतिकित्ता ३०६ रुपैयाँमा खुलेको थियो।