काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले म्याग्दी जिल्लास्थित ठूलो खोला जलविद्युत् आयोजनामा लगानी गर्ने निर्णय गरेको छ। 

कम्पनीको गत माघ १ गते बसेको सञ्चालक समितिको बैठकले संयुक्त ऊर्जा प्रालिद्वारा प्रवद्र्धित ठूलो खोला जलविद्युत् आयोजनमा बढीमा ५ करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरेको हो। 

कम्पनीले संयुक्त ऊर्जाको सञ्चालक समितिको तर्फबाट निर्णय भई आवश्यक प्रक्रियाहरु पूरा भई माग गरेअनुसार रकम क्रमशः लगानी गर्दै जाने जनाएको छ। 

हाललाई भने कुल लगानी गर्ने भनिएको रकममध्ये २० प्रतिशतले हुन आउने १ करोड रुपैयाँ लगानी गर्ने निर्णय पनि कम्पनीले गरेको छ।