काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त बस्याल नियुक्त भएका छन्। 

कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। बस्यालको नियुक्ति यही असोज ७ गतेबाट लागू हुने कम्पनीले जनाएको छ। 

बस्याललाई कम्पनीले ४ वर्षका लागि सीईओमा नियुक्त गरेको छ। बस्याल पेसाले चार्टर्ड फाइनान्सियल एनालिस्ट (सीएफए) हुन्। उनले अमेरिकाको सीएफए इन्स्टिच्युटबाट सीएफएको पढाइ पूरा गरेका छन्।